कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना कोरोना मुक्त र २१ जनाको मृत्यु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना कोरोना मुक्त र २१ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५४१९ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्