कनिका खबर
कार्तिक २३, काठमाडौं
भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले आफू अप्ठ्यारोमा भए पनि भारतले विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताउनुभएको छ । सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय सङ्क्रमित र गम्भीर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने बताउनुभयो । अहिले नेपाल–भारत लगायत विश्वभरी नै कोरोना महामारीको सङ्क्रमण बढ्दो छ ।
मा प्रकाशित


