कनिका खबर
कार्तिक २३, काभ्रे
काभ्रे जिल्लाको तेमाल गाउँपालिका पोखरी नारायणस्थानमा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाले आज एक विज्ञप्ति निकाल्दै आज कात्तिक २३ गते देखि मंसिर २ गते सम्म गाउँपलिकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ । आजबाट ९ दिन गाउँपालिकाको कार्यलय बन्द हुने भएता पनि पालिका अन्तर्गतका वडा कार्यलय, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु यथावत संचालन हुने गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो । उहाँले यस महामारीको समयमा डराएर भन्दा पनि संयमित भई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी यसलाई परास्त गर्न सम्पुर्ण गाउँपालिकाबासीमा अनुरोध गर्नुभयो ।


