इन्द्र नेपाली
२३, कार्तिक तेह्रथुम ।
म्याङलुङमा पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय तेह्रथुमले कार्तिक २० गते कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा रहेका ५९ जनाको स्वाब संकलन गरेर पठाएका मध्ये ४४ जनाको नेगेटिभ, ९ जनाको पोजेटिभ र छथर गाउँपालिकाका ८ सहित १४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी तोयानाथ दाहालले जानकारी दिए ।
तेह्रथुममा हालसम्म ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३८ जनाले कोरोनालाई जितेर स्वास्थ्य भएका छन् । १६ जना सक्रिय संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् ।


