तरुणदलका कोषाध्यक्ष बस्नेतले गरे जन्म दिनको अवसरमा विपन्नलाई राहत तथा मृगौला पीडित सञ्चारकर्मी नेपालीलाई आर्थिक सहयोग – Kanika Khabar
Friday, January 23Nepali News Portal

तरुणदलका कोषाध्यक्ष बस्नेतले गरे जन्म दिनको अवसरमा विपन्नलाई राहत तथा मृगौला पीडित सञ्चारकर्मी नेपालीलाई आर्थिक सहयोग

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ ।


तरुणदल दाङका जिल्ला कोषाध्यक्ष तथा नारायणपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेतले आज सोमबार जन्मदिनको अवसर पारेर असहाय महिलालई खाद्यान्न उपलब्ध गराएका छन् । आज सोमबार परेको जन्मदिनको अवसरमा बस्नेतले घोराही उपमहानगरपालिका वडा नंं ११ दुबीचौर निबासी ७२ वर्षीया एकल महिला कली कामीलाई खाद्यान्न उपलब्ध गराएका हुन् । लामो समयदेखि असहायका रुपमा रहँदै आएकी कामीलाई बस्नेतले चामल, तेल नुन, चिनी, साबुन, पिठो लगायतका सामग्री उपलब्ध गराएका छन् ।
त्यस्तै लामो समयदेखि मृगौला खराबीका कारण उपचाररत सञ्चारकर्मी बलबीर नेपालीलाई पनि नगद ४ हजार रुपियाँ सहयोग गरेका छन् ।
जन्मदिनका अबरमा गरिने फजुल खर्चलाई कटौती गर्नुका सायै आफू जन्मेको दिनलाई पुण्य कार्यका रुपमा उपयोग गर्दै लैजाने मनसायले सहयोग उपलब्ध गराएको बस्नेतले बताए । उनले भने, ‘हामी जन्मदिन या कुनै पनि अवसरका रुपमा रमाइलो भोज भतेर गरिरहेका हुन्छौँ त कोही पीडामा छटपटाइरहेका हुन्छन् । पीडा छटपटाइरहेबका तथा बेसाहरा, असहाय, दीन दुःखीलाई थोरै पनि केही राहत उपलब्ध गराएर उनीहरुको मलहम बस्न सक्नु नै जन्मको सार्थक हो ।’ उनले थपे, ‘हुनेले नहुनेलाई, पुग्नेले नपुग्नेलाई सहयोग गर्दै लैजाने संस्कृतिको विकास गर्न सकियो भने नै सुखी र सभ्य समाजको निर्माण गर्न मद्दत पुग्दछ ।’ बस्नेत उद्योगी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ताका साथै सञ्चार उद्यमी पनि हन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्