२५३ औं सिन्धुलीगढी विजयोत्सव मनाईयो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

२५३ औं सिन्धुलीगढी विजयोत्सव मनाईयो

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, सिन्धुली
२५३ औं सिन्धुलीगढी विजयोत्सव आज मनाईएको छ । कमलामाई नगरपालिकाको आयोजनामा ऐतिहासिकस्थल सिन्धुलीगढीमा सलामी र झण्डोत्तोलन गरेर सिन्धुलीगढी विजयोत्सव मनाईएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले झण्डोत्तोलन र नेपाली सेनाले सलामी दिएर विजयोत्सव मनाईएको छ । झण्डोत्तोलन गर्दै नगरप्रमुख खत्रीले स्थानिय सरकार आएपछि सिन्धुलीगढीको संक्षरण र पुन निर्माणको कामले तिव्रता लिएको बताउनुभयो । देशकै नमुनाको रुपमा सिन्धुलीगढीमा हाल युद्ध संग्रालय निर्माणको काम भईरहेको नगरप्रमुख खत्रीले बताउनुभयो ।तत्कालीन गोर्खाली सेनाका नेतृत्व गर्ने बंशु गुरुङ, बंशराज पाण्डे,श्रीएसओ शर्मा, विरभद्र उपाध्याय र तत्कालिन अँग्रेज फौजका दुई जना गरी ६ जनाको स्तम्भ निर्माण गरिने नगरप्रमुख खत्रीले जनाउनुभयो । सिन्धुलीगढीको पुनः निर्माण र संरक्षण गरेर गढीको ईतिहासलाई बजाउन नगरपालिका लागि परेको नगरप्रमुख खत्रीले बताउनुभयो । तत्कालीन गोर्खाली सेनाले अङ्ग्रेज फौजलाई सिन्धुलीमा पराजित गरेको २५३ वर्ष पूरा भएको छ । सिन्धुलीगढीमा आक्रमण गरेर काठमाडौं प्रवेश गर्न लागेको अङ्ग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले १८२४ साल असोज १५ गते पौवागढीमा पराजित गरेका थिए । वि.स. २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय उत्सव मनाउन शुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचारप्रसारका लागि उत्सव मनाउन शुरु गरेकोे थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्