नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिव वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ राखियो – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिव वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ राखियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक २४, दाङ
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिव वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ राखिएको छ । बंगालदेश फुटबल फेडेरेशन (विएफएफ) ले नेपाल विरुद्धको दुई मैत्रीपूर्ण खेलको नाम घोषणा गरेको हो । बंगलादेशका राष्ट्रपिता भनेर चिनिने बंगबन्धु शेख मुजीबुर रहमानको एक सयौं जयन्तीको अवसरमा मैत्रीपूर्ण खेलको नाम घोषणा गरिएको हो । बीएफएफका अध्यक्ष काजी मोहम्मेद सलाहुद्धिनले मैत्रीपूर्णको नाम घोषणा गर्नुभएको हो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले पराजित गरेको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्