सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निशुल्क गरिने – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निशुल्क गरिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निशुल्क गरिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएको थियो ।
सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्