मा प्रकाशित
कनिका खबर
कार्तिक २५, काठमाडौँ ।
काठमाडौँ चन्द्रागिरी नगरपालिका ५ थानकोटमा आज मंगलबार बिहान भएको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहान साढे चार बजे नम्बर नखुलेको पहेलेको रंगको सार्वजनिक बसले ठक्कर दिंदा तरकारी बेच्न हिँडेका ४० वर्षका नविन लोहारको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । बाजुरा घर भएर थानकोटमा नै बस्दै आएका लोहारको ओम समाज अस्पतालमा ज्यान गएको हो ।


