यसवर्षको तिहारको तिथिमा विवाद देखिएपछि मंसिर २ गते पनि सार्वजनिक विदा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

यसवर्षको तिहारको तिथिमा विवाद देखिएपछि मंसिर २ गते पनि सार्वजनिक विदा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
यस वर्षको तिहारको तिथिमा विवाद देखिएपछि मंसिर १ र २ गते सरकारले सार्वजनिक विदा दिने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायकका अनुसार यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाईरगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवद्र्धन पूजा तथा भाइपूजाको तिथि परेको बताइएको छ ।

२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त रहने पञ्चाङ्ग निर्णायकले जनाएको छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजा पूजा (भाइटीका) गर्नुपर्छ ।

नेवाः समुदायलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्