मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित

    मा प्रकाशित

एजेन्सी-/

विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डसँग पराजित भएको छ ।

घरेलु मैदानमै फ्रान्स फिनल्यान्डसँग २–० ले पराजित भएको हो ।

फ्रान्ससँग लगातार दबाब झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सको गोलबाट अग्रता लियो ।

पहिलो गोल गरेको ४ मिनेट नवित्दै ३१औँ मिनेटमा ओन्नी भालाकारीले गोल गर्दै फिनल्याण्डका लागि दोस्रो गोल गर्दै जित दिलाए ।

फिनल्याण्डसँगको हारसँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

२०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्