चार महिनामा कोरोना उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च – Kanika Khabar
Saturday, April 20Nepali News Portal

चार महिनामा कोरोना उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, काठमाडौँ ।
पछिल्लो चार महिनामा मात्र कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ खर्च भएको हो । मन्त्रालयबाट सङ्क्रमित व्यवस्थापन कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
सरकारले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निणर्य गरेको पनि उहाँले बताउनुभयो ।नेपालमा कोरोना भाइरस कोभिड(१९ सङ्क्रमितको संख्या भने २ लाख नाघेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्