कनिका खबर
कार्तिक २७, नुवाकोट ।
बागमति प्रदेश सरकारका एक जना मन्त्रीले १५ वर्ष अगाडि निर्मित नुवाकोट जिल्ला कारागारको आकस्मिक रुपमा निरीक्षण गरेका छन् । सरकारको मन्त्रीस्तरवाट कारागारको नुवाकोटमा पहिलो पटक निरीक्षण भएको हो ।
बाागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारमा रहेको जिल्ला कारागारको स्थलगत निरीक्षण गर्नुभएको हो । मन्त्री जम्मरकट्टेलले कारागार निरीक्षणसँगै कारागारमा भएका समस्या र कैदीबन्दीको विषयमा जानकारी लिएका हुन् । उनले कारागार सुधारगृह पनि भएकाले समस्याको समाधान र सुधार गर्नु पर्ने विषयहरू सुधार गर्न सम्वन्धित निकायलाई निर्देशन दिए ।
मा प्रकाशित


