मोरङमा १२ घण्टामा ५ कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Friday, January 23Nepali News Portal

मोरङमा १२ घण्टामा ५ कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, मोरङ ।
मोरङ जिल्लामा पछिल्लो १२ घण्टाभित्र ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापा र मोरङका दुई÷दुई जना तथा सुनसरीका एक जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए ।

झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको छ ।

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालले बताए ।

यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८स्१० बजेतिर मृत्यु भएको छ । दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७स्३० बजे मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा ज्यान गएको दाहालले बताए ।

झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ ।

अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो ।

उनको पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको केही बेरमै उनको ज्यान गएको देवले बताए ।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ ।

पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्