उद्योग वाणिज्य महासंघको चुनावी दौडाहा, भेडेटारमा व्यवसायीक नेतृत्वको रस्साकस्सी – Kanika Khabar
Friday, March 29Nepali News Portal

उद्योग वाणिज्य महासंघको चुनावी दौडाहा, भेडेटारमा व्यवसायीक नेतृत्वको रस्साकस्सी

    मा प्रकाशित

शरद रेग्मी

भेटेटार(धनकुटा), २७ कार्तिक ।

पटक पटक रोकिएपनि सुनिश्चित भएको नेपाल उद्योग वाणिज्यमहासंघको राष्ट्रिय अधिवेशन आउंदो मंसिर १०, ११ र १२ गते हुने सुनिश्चित भएसंगै अहिले उद्योगी व्यवसायी नेताहरु महासंघको नेतृत्व छान्ने रस्साकस्सीमा रहेका छन् । चुनावी माहौल बनाउन देशदौडामा निस्केका व्यवसायी नेताहरुले चुनावी माहौल तिहार अघिलाई विटमार्दै धनकुटाको ऐतिहासीक पर्यटकिय स्थल भेडेटारमा जमघटमा छन् ।

अव महाधिवेशनको मिति सर्न हुन्न भन्ने मानशिकतकासाथ व्यवसायीक नेतृत्व चलायमान गराउन र मुलुक कोरोना भाइरसको संक्रमणको चपेटोमा परेकावेला केहि सार्थक प्रयाससहित निकाशा दिन पनि नेतृत्व चयन अपरिहार्य भएको भन्दै व्यवसायीक नेताहरु कोरोनाको थ्रियटलाइ छिचोल्दै भेडेटारमा जम्मा भएका हुन् ।

आफु संक्रमित नबने, अनि अरुलाइ पनि संक्रमित बन्न नदिने अभियानसंगै अत्यन्तै स्वास्थ्य सावधानीका साथ धनकुटामा जुटेका व्यवसायीहरुले मुलुकमा संक्रमित नागरीकहरुको स्वास्थ्य उपचारमा पनि उद्योगी व्यवसायीहरु सरकारसंग साथमा साथ मिलाएर अघि बढ्ने उद्घोषसाथ देशदौडाहाको अभियानमा छन् ।

तिहार अघिको चुनावी अभियानलाइ विटमार्न मुलुकभरबाट विराटनगरमा ओलिएका उद्योगी व्यवसायीहरु अहिले किशोर प्रधानको गृहजिल्लामा छन् । किशोर प्रधानको गृहजिल्लामा व्यवसायीक नेतृत्व उतारेर अर्का वरीष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल चुनावी मैदानमा प्रधानकै गृहजिल्लामा शक्ति प्रदर्शन गरे । अहिले मुलुकभरका १ सय ६ वटा जिल्ला नगर उद्योग वाणिज्यसंघमा तेह्रवटा मा मात्रै किशोर प्रधान नेतृत्वको वाहुल्यता पाइएको प्रारम्भिक सर्वेक्षणमा स्पष्ट देखिएको छ ।

‘हामी निर्विरोध रुपमै नेतृत्व चयन गर्न चाहन्थ्यौं, तर कोरोना भाइरसको संक्रमणका कारण त्यो माहौल बन्न सकेन, तर पनि हामी हामी अधिवेशनको संघारमा आइसकेका छौं, अव अधिवेशन सर्ने अवस्था हुंनेछैन’—चण्डि ढकालले पत्रकारहरुमाझ भने । त्यसैगरी जिल्ला उद्योग नगर उपाध्यक्ष गुणनिधि तिवारी पनि चुनावी माहौल बनाउनदुइजजैन बढि केन्द्रिय सदस्य साथ लिएर चुनावी माहौलमा भेडेटार पुगेका छन् । आम व्यवसायीहरुका एजेण्डा बोक्दै आएका तिवारीको पनि चुनावी माहौल अत्यन्तै सन्नतोषजनक देखिएको र लोकपृय व्यवसायी नेताका रुपमा परीचित छन् ।

रिजालको माहौल पनि उत्तिकै तातेको छ । पुर्व केन्द्रिय सदस्यहरुदेखि वरीष्ठ उपाध्यक्ष चन्द्र ढकाल, चण्डि ढकाल, गुणिनिधि तिवारी तथा धेरै जिल्ला नगर उद्योग वाणिज्यसंघका साझा उम्मेदवार पनि हुन् । त्यसकारण पनि रिजालको माहौल निर्वाचनकालागी अत्यन्तै सकारात्मक रुप्मा अघि बढिरहेको छ ।

दाङको तुलसीपुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष समेत रहेका रिजालले पछिल्लो समयमा सरसफाइ अभियन्ताको जिम्मेवारीमा पनि राज्यका निकायहरुलाइ अर्थपुर्ण जिम्मेवारीका साथ सहयोगगर्दे आएका छन् । स्थानिय सरकारसंगको सहकार्यसंगै व्यवसायीहरुका विभिन्न समस्याका विषयमा पनि वकालत गदैआएका रिजालको माहौल बनाउन मुलुकका सतहत्तरै जिल्लाका व्यवसायी नेताहरुको समेत सहभागिता रहंदै आएको छ ।

‘केन्द्रिय सदस्य रिजालसहित हाम्रँे सवै टिमको विजयका आधारहरु धेरै निर्माण भैसकेका छौं, किनकि हामी व्यत्तिःको पछि नलागेर व्यवसासयी कएजेण्डा बोकेका व्यवसायीक नेतृत्वकालागी चुनावी अभियानमा अहिले भेडेटार आइपुगेका छौं’—दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले भने । भुषालसंगै पुर्वकेन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ भारीको पनि अभियानमा अत्यन्तै सकारात्मक भुमिका रहेको तुलसीपुर उद्योग वाणिज्यसंघका प्रेस सल्लाहकार शरद रेग्मीले बताएका छन् ।

भेडेटारमा विहिवार सम्पन्न भएको उद्योगी व्यवसायीहरुको भेलामा बोल्दै दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले व्यवसायीक नेतृत्वका खम्वाका रुपमा रहेका ढकालको सवै प्यानललाइ विजयी बनाउने उद्घोष गरे । साथै पश्चिम नेपालकै सक्षम युवा व्यवसायी तथा केन्द्रिय सदस्यका प्रत्यासी तुलसीपुरका व्यवसायी विमल रिजालको पनि विजय सुनिश्चित भएको अभिव्यक्ति दिए । साथै कोरोना भाइरसको संक्रमणको विषम परीस्थीतिबाट मुलुकलाइ जोगाउन तथा निकाश दिन पनि उद्योग वाणिज्य महासंघको अधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने पनि उनको अभिव्यक्ति थियो

भेडेटारमा भएको भेलामा १ नंवर प्रदेशका सवै जिल्ला नगर उद्योग वाणिज्यसंघका नेतृत्वहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्यसंघ इटहरीका अध्यक्ष्ँ भिम पौडेल र धनकुटा उद्योग वाणिज्यसंघका अध्यक्ष विजयसन्तोषि राइको संयुक्त अध्यक्ष्ँतामा व्यवसायीक भेला सम्पन्न भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्