बैतडी बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

बैतडी बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, बैतडी
दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जनाकै सनाखत भएको छ । बैतडीका ३ जना, दार्चुला, कैलाली र कञ्चनपुरका २ /२ जनाको मृत्यु भएको हो । बैतडीको दोगडाकेदार गाउपालिका ६ का रण बहादुर चन्द, दोगडाकेदार गाउपालिका ६ कै कबिन्द्र जोसी र वडा नं ६ कै २७ वर्षीय करन सिह ऐडि को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु भएका चन्द नेपाल प्रहरीमा कार्यरत हुन भने जोसी दोगडाकेदार गाउपालिकामा कार्यरत कर्मचारी हुन । मृत्यु हुनेमा दार्चुलाका पनि २ जना रहेका छन् । मालिकार्जुन गाउपालिका ५ डाडाकोटका ४० वर्षीय जगननाथ ओझा, लेकम गाउपालिका खरकडाका तर्कराज गिरी रहेका छन । कञ्चनपुरका पनि २ जनाको मृत्यु भएको छ । भिमदत्त नगरपालिका वडा नं ८ का किर्तिका कार्की , भिमदत्त नगरपालिका १० का बिजना देवि धामीको पनि मृत्यु भएको छ । कैलालीका पनि २ जनाको मृत्यु भएको छ । मृत्ुयु हुनेमा धनगढी उपमहानगरपालिका १४ आदर्शटोलका ऋषीराम चौधरी, धनगढी उपमहानगरपालिका १४ कै फूलबारीका नरेन्द्र चौधरी रहेका छन । दार्चुलाको गन्ना देखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यतायातको ना ५ख ५१४१ नंको बस खोडपे बजार नजिकै गएराती १०ः २५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बसमा क्षमता भन्दा बढी यात्रु रहेको र चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो । बस सडकबाट ४ सय ५० मिटर तल खसेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्