सभामुख सापकोटाद्वारा भवन शिलान्यास – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सभामुख सापकोटाद्वारा भवन शिलान्यास

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, सिन्धुपाल्चोक
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपालको वनलाई समुदायबाट संरक्षण गरेर मात्र नपुग्ने हुँदा यसलाई अब उद्योगकै रुपमा अघि बढाउनुपर्ने आवश्यकता औल्याउनु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ ठोकर्पामा निर्माण गरिने सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवनको शिलान्यास समारोहमा आज सम्बोधन गर्दै उहाँले निर्माण गरिने अध्ययन केन्द्रलाई आवश्यक परेमा अन्तराष्ट्रिय सहयोगको लागि पहल गरि सो कामलाई पूर्णता दिइने बताउनुभयो । सामुदायिक वनको उद्गम स्थलको रुपमा रहेको सिन्धुपाल्चोकको ठोकर्पाको वन विश्वकै पहिलो अवधारणाको रूपमा रहेको छ । समाजसेवी एवं अभियन्ता स्वर्गीय नीलप्रसाद भण्डारीको सक्रियतामा आतेजाते १६ कोष टाढाबाट गाउँलेहरुले डोकोमा बिरुवा बोकेर २०३० सालमा नाङ्गो पाखामा वृक्षरोपण गरी समुदायबाटै संरक्षणको सुरुवात भएको थियो । नेपाल सरकारले २०७३ साउन २५ गतेदेखि प्रत्येक बर्ष सामुदायिक वन राष्ट्रिय महोत्सवको रुपमा मनाउने निर्णय गरी विशेष समयमा स्वर्गीय भण्डारी र तत्कालीन चौतारा वन डिभिजनका अधिकृत डा. तेज बहादुर सिंह महतलाई अभियन्ताको रुपमा सम्मान गरेको थियो । उक्त केन्द्रको लागि ३९ करोड ७० लाख बजेट लगानी हुने गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । संरचना निर्माणको लागि प्रत्येक बर्ष बजेट बिनियोजन हुँदै आएको र चालु आर्थिक बर्षमा पनि एक करोड ८८ लाख ७७ हजार पाँच सय निकासा भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्