यसरी गर्नुहोस् लक्ष्मीपूजा शुभ मानिन्छ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

यसरी गर्नुहोस् लक्ष्मीपूजा शुभ मानिन्छ

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।
आज यमपञ्चकको तेस्रो दिन घरघरमा लक्ष्मीको पूजा गरिएको छ ।यो पर्वलाई कालो औशीको रात भन्ने बुझिन्छ र यस्तो कालो औंशीको रातलाई हामी बत्ती बालेर सकेसम्म तेलका दियोहरु,घ्यूका दीपकहरु, मैनबत्तीहरु, बिजुली बत्तीहरु बालेर उज्यालोको पर्वमा जागरण गरेर, लक्ष्मीको उपासना गरेर लक्ष्मी प्रवेश गराउँदछौँं । समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ । पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योषशास्त्रले बताएको छ ।

१. सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।

२. यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।

३. लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।

४. त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।

५. लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।

६. त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।

८. कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्