कविता : अस्तित्वबोध – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कविता : अस्तित्वबोध

    मा प्रकाशित

मेरो चाहना त
म ‘म’ भएरै तिम्री बन्ने थियो

त्यसैले त
सुदूरको गाउँबाटञ्दूरको तिम्रो सहर आइपुग्दासम्म
म ? – ‘म’ नै थिएँ
जस्तो कि,
जून सिर्फ ‘जून’ नै हुन्छे
जुनकिरी सिर्फ ‘जुनकिरी’

जून र जुनकिरीको दाँजो
असुहाउँदो अवस्य हुन्छ
त्यस्तै असुहाउँदो थियो
पहाड-पहाड दौडिएका यी पैतालाहरुमा
तिमीले लगाइदिएका
पहाडजत्रै अग्ला जुत्ता

त्यसै बेला, अनुमान गरेकी हुँ
तिम्रो एक चिम्टी सिन्दुरको जिम्मेवारी
पहाडजत्रै भारी बन्ने छ मेरा लागि

कुनै दिन
तिम्रो बजारले मसँग
‘फेयर एन्ड लभ्ली’को ‘डिल’ गर्न खोज्दा
मैले मुसुक्क हाँसेर भनिदिएँ
गुराँसलाई गुलाबको अस्तित्वबोध छ- ईर्ष्या छैन

अस्तित्वबोध ?
-म हुनुको अस्तित्वबोध !

यसै कारण
विवाहको ‘ब्रान्ड एम्बेसेडर’ बन्नुअगावै
मैले नगरेकी हुँ
तिम्रो दिलको ‘रेडकार्पेट’मा
पिरतीको ‘क्याटवाक’

प्रेम गर्दागर्दै पनि।।।

******

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्