‘कमरेड एकता जोगाउनका लागि प्रस्ताव फिर्ता लिनुहोस्’ – Kanika Khabar
Sunday, January 18Nepali News Portal

‘कमरेड एकता जोगाउनका लागि प्रस्ताव फिर्ता लिनुहोस्’

    मा प्रकाशित

कनिका खबर
कार्तिक २९, दाङ ।
सत्तारुढ दल नेकपाभित्रको बाक्लिदै जान थालेको छ । अध्यक्षद्वयको पत्र आदनप्रदानले समस्या झनै चुलाउँदै लगेको छ । अब पार्टी के हुने त भन्ने सम्मको बहस र आँकलन हुन थालेको छ ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोख्रेलले पार्टी एकता संकटमा पुगेको बताएका छन् । मुख्यमन्त्रीसमेत पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड(ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पर्ने बताएका छन् ।

मुख्यमन्त्री पोख्रेलले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्डले संगीन आरोपसहित एकल प्रस्ताव अघि बढाएर पार्टी एकता गम्भीर मोडमा पु‍र्‍याएको बताएका छन् । मुख्यमन्त्री पोख्रेल प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन् । पटक पटक फुटको सँघारमा पुगेको नेकपाको एकतालाई सुदृढ बनाउन पोख्रेलको भूमिका महत्वपूर्ण मानिएको छ । पार्टीको अध्यक्ष पद छाड्न परेमा ओलीले पोख्रेललाई अध्यक्ष बनाउने सम्म गृहकार्य थालेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा फेसबुकमा मुख्यमन्त्री पोख्रेलले लेखेको स्टाटस

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।
व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्