अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, दाङ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकामा बढ्दै जान थालेको छ ।
हिजो शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज पनि १ लाख ५७ हजार ८१ संक्रमित थपिएका छन ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १२ लाख २६ हजार३८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ९१ हजार १५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४० लाख ८३ हजार ७६७ जनामध्ये २० हजार ४१५ जनाको अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २६० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार २५६ पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्