अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा – Kanika Khabar
Friday, April 19Nepali News Portal

अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, काठमाडौँ ।

अस्पताल निर्माणका लागि सरकारले ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा गरेको छ । ३ सय ९६ वटै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल एकैसाथ मंसिर १५ गते शिलान्यास गर्ने गरी रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि सबै स्थानीय तहलाई अर्थ मन्त्रालयमार्फत रकम निकासा भएको मन्त्रालयका सहसचिव एवम्नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले बताउनुभयो । मन्त्रालयले सरकारले स्वीकृत गरेको आधारभूत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका २०७७, स्वास्थ्य भवन पूर्वाधारको डिजाईन तथा निर्माण सम्बन्धि निर्देशिका, २०७३ पहिलो संशोधन २०७७ पनि परिपत्र गरिसकेको जनाएको छ ।

मन्त्रालयले प्रचलित कानून, स्वीकृत मापदण्ड, निर्देशिका र राष्ट्रिय भवन संहिता बमोजिम अस्पताल निर्माणको कार्य प्रकृया सुरु गर्न र त्यसको जानकारी पनि समयमै मन्त्रालयमा पठाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्