संरक्षित चितुवा मृत अवस्थामा भेटियो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

संरक्षित चितुवा मृत अवस्थामा भेटियो

    मा प्रकाशित

देवराज सुवेदी
कार्तिक ३०, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौर भन्ने ठाउँमा संरक्षित चितुवा मृत अवस्थामा फेलापरेको छ । अन्दाजी २५ केजि तौलको पाटे चितुवा हिजो बिहान मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बस्तीबाट अनुमानित १ किलोमिटर माथि जंगलमा टाउकामा चोट लागेको अवस्थामा मृत चितुवा भेटिएको प्रहरीले जनाएको छ । दुई चितुवाबिच झगडा हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
केही समय पहिलेदेखि नै बाघ, चितुवाले बस्तु बाख्रा खान थालेपछि स्थानीयले चितुवाको आक्रमणबाट हैरानी झेल्दै आएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्