अमेरिकामा एकैदिन पौने दुई लाख मानिस सङ्क्रमित – Kanika Khabar
Friday, March 13Nepali News Portal

अमेरिकामा एकैदिन पौने दुई लाख मानिस सङ्क्रमित

    मा प्रकाशित

एजेन्सी ।
कोरोनाबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरुदेखि नै बढी सङ्क्रमित रहेको अमेरिकामासङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
अहिले सवै राज्यहरुमा सङ्क्रमितहरुको संख्या बढिरहेको र कम्तीमा दश राज्यमा यो संख्या उच्च रहेको अधिकारीहरुले जनाएका छन् ।सङ्क्रमितको संख्या बढेपछि स्थानीय सरकारी अधिकारीहरुले सतर्कता अप्नाउन आह्वान गर्दै आएका छन् ।मास्कको प्रयोगको विपक्षमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिय निर्वाचनबाट पराजित भएपछि स्थानीय अधिकारीहरुले पनि मास्कको प्रयोगलाई जोड दिन थालेका छन् ।कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्