भारतमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या १ लाख ३० हजार बढी – Kanika Khabar
Friday, January 23Nepali News Portal

भारतमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या १ लाख ३० हजार बढी

    मा प्रकाशित

कनिका खवर
मंसिर १ दाङ ।
पछिल्लो अद्यावधिक अनुसार भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ ।

 

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्