नितिशकुमारले मुख्यमन्त्री पदको शपथ भोलि लिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नितिशकुमारले मुख्यमन्त्री पदको शपथ भोलि लिने

    मा प्रकाशित

एजेन्सी ।
भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले भोलि विहारको मुख्यमन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ । आज राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेको हो । यससँगै उहाँले आज बिहारका राज्यपालसँग भेटवार्ता गर्नुभएको छ । एनडीएको नेतामा चुनिएसँगै उहाँले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताउनुभएको छ । भोलि उहाँले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लाग्नुभएको हो । यद्यपि बिहारको उप मुख्यमन्त्रीको भने अझै टुङ्गो लागेको छैन । बिहारमा भारतीय जनता पार्टीका अध्यक्ष सुशील मोदी उपमुख्यमन्त्री बन्न लागेका हुन् ? भन्ने प्रश्नमा भाजपाका नेताले उचित समयमा यसको उत्तर दिने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्