हुम्लामा हिमपात सुरु , तापक्रम माइनस ८ डिग्री – Kanika Khabar
Friday, January 23Nepali News Portal

हुम्लामा हिमपात सुरु , तापक्रम माइनस ८ डिग्री

    मा प्रकाशित

अर्जुन बोहरा

मंसिर १ हुम्ला ।

 

गएरातएदेखि हुम्लामा हिमपात भएको छ । हिमपातका कारण हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ ।

हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा एक फिटभन्दा बढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनु भयो ।

सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

आइतबार रातीदेखि परेको हिउँले हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, अछामको साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको विमानस्थल श्रोतले बताएको छ ।

हिमपातले चिसो बढेसँगै तिहारको अन्तिम दिन भाईटीकामा टीका थाप्न जान समस्या भएको छ ।

एक सात अघिको हिउँ पग्लन नपाउँदै पुनः हिमपात शुरु भएपछि समस्या भएको सिमकोटका होटल व्यवसायी र स्थानीय बासिन्दाले बताएका छन् ।

तर ग्रामिण क्षेत्रका किसानहरूलाई भने हिमपातले उत्साहित बनाएको छ । दैनिकीमा भने समस्या भएको छ । हिमपातले धाराबाट पानी ल्याउन समेत कठिन भएको सिमकोट २ का गोरसिंह बोहराले बताउनुभयो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् ।

उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले यहाँका स्थानीयलाई आग्रह गर्नुभएको छ ।

पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको हुँदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

तस्बीर अर्नुन बोहोरा

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्