सरकारले बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्ने – Kanika Khabar
Friday, April 19Nepali News Portal

सरकारले बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १, काठमाडौँ ।
सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक स्थानीय तहमा खटिएका रोजगार सूचना केन्द्रमार्फत् तथ्याङ्क सङ्कलन गर्न लागेको हो ।
मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै तथ्याङ्क सङ्कलन थाल्न निर्देशन दिएको मन्त्रालयका सहसचिव एवम् योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख विष्णुदत्त गौतमले जानकारी दिए । तथ्याङ्क सङ्कलन गर्दा जिल्ला, गाउँपालिका, वडा, नामथर र व्यक्तिगत अन्य विवरण पनि सङ्कलन गर्नुपर्नेछ । विदेशमा रहँदा संलग्न भएको सीप र तालीम, कुन मुलुकबाट फर्केको, विदेशबाट फर्कनुको कारण र सम्पर्क नम्बरसहितको प्रतिवेदन संकलन गर्न परिपत्रमा भनिएको छ । कात्तिक२४ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण स्वदेश फर्किएर बेरोजगार बस्न बाध्य भएका युवाको तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्