इंग्ल्यान्डका पूर्व गोलकिपर क्लेमेन्सको निधन – Kanika Khabar
Friday, April 19Nepali News Portal

इंग्ल्यान्डका पूर्व गोलकिपर क्लेमेन्सको निधन

    मा प्रकाशित

एजेन्सी ।
इंग्ल्यान्डका पूर्व गोलकिपर रे क्लेमेन्सको निधन भएको छ । क्लेमेन्सको आइतबार हिजो ७२ वर्षको उमेरमा निधन भएको हो । इंग्ल्यान्ड फुटबल एसोसियसनले क्लेमेन्सको निधन भएको पुष्टि गरेको छ । लिभरपुल र टोटेनहमका पूर्व गोलकिपर समेत रहनुभएका क्लेमेन्सले इंग्ल्यान्डका लागि ६१ खेल खेल्नुभएको थियो । क्लेमेन्सले तीन युरोपियन कप र पाँच शीर्ष डिभिजन लिग जित्नुभएको थियो । आफ्नो समयमा क्लेमेन्स महान गोलकिपरको रुपमा परिचित हुनुहुन्थ्यो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्