सामुहिक राजीनामा गराैँ : पाैडेल – Kanika Khabar
Friday, January 23Nepali News Portal

सामुहिक राजीनामा गराैँ : पाैडेल

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र चुलिएकाे विवाद साम्य पार्न शीर्ष नेता तथा नेतृत्वलाई हम्मेहम्मे परेकाे छ ।
यसैबीच आज बुधबार बसेकाे सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले  सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन्।
बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताएका थिए।
‘यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं  र स्थायी समितिमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ पौडेलले बैठकमा भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्