समयमा नै वर्षात भएको भन्दै किसानहरु खुसी – Kanika Khabar
Friday, April 19Nepali News Portal

समयमा नै वर्षात भएको भन्दै किसानहरु खुसी

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, मुगु
हिजो देखि मुगुभर वर्षात भएपछि किसानहरु खुसी भएका छन् । हिउदे बाली लगाउने समयमा पानी परेपछि किसानहरु खुसी हुँदै खेतवारीमा जौं ,गहुँ छर्न व्यस्त भई रहेका छन् । विगतका वर्षहरुमा समयमा वर्षात नहुँदा जौं गहुँ छर्न निकै समय कुर्नु पर्ने भए पनि यो वर्ष समयमा नै वर्षात भए पछि जौं गहुँ तथा तरकारी रोप्न सहज भएको किसानहरुले बताएका छन् । अधिकाँश किसानहरुले हिउदे बाली लगाउने काम सकिसकेका र केही कृषकले काम गरि रहेका कृषि विकास कार्यालय मुगुले जनाएको छ । मंसिर १ गते राती मुगुका हिमाली क्षेत्रमा हिमपात भएको थियो भने अन्य स्थानमा पानी परेको थियो । वर्षात संगसंगै गाउँघरमा रुघा खोकि फैलिए पनि स्थानीयवासीहरु भने काममा व्यस्त छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्