टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो बन्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो बन्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, दाङ
लामो संघर्षपछि दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो बन्ने भएको छ । त्यसका लागि नेपाल आयल निगमले गएको कार्तिक १५ गते टेन्डर आब्हान गरेको निगमका प्रवन्धक इन्दु शर्माले जानकारी दिनुभयो । निगमले तत्कालका लागि एयरपोर्टमा अस्थायी रुपमा ६० हजार लिटर क्षमताको अन्डरग्राउण्ड ट्याङक, २ वटा बाउजर र २ वटा ट्याङकर राख्ने भएको छ । यसका लागि जग्गा उपलबध गराउन नेपाल नागरिक उड्यन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको छ । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको बैठकले हवाई इन्धन डिपो स्थापनाका लागि ७ कठ्ठा जग्गा उपलब्ध गराउन उड्ययन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको हो । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा लुम्विनी प्रदेश सांसद बिमला वली, तुलसीपुर इन्धन डिपोका प्रमुख सुजित पोख्रेल, नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रमुख लिलाप्रसाद श्रेष्ठ, उपप्रमुख माया आचार्य र वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्