सरकारले कार्यढाँचा बनाएपछि पठनपाठनको तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सरकारले कार्यढाँचा बनाएपछि पठनपाठनको तयारी

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, नुवाकोट ।
नुवाकोटको पुर्वी भेगमा रहेको दुप्चेश्वर गाउँपालिकाले गाउंमा पठनपाठनको तयारी गरेको छ । सो गापाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको छ ।महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने निर्णय गरेको हो ।
दुप्चेश्वर गाउँपालिकाभित्र रहेका ५२ वटै सामुदायिक विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य, सुरक्षा तथा सतर्कता अपनाएर आगामी आईतवारदेखि सिकाइ सहजीकरण शुरु गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्यले वताइन् ।
गाउँपालिकामा कक्षा १ देखी ५ सम्म पठनपाठन हुने विद्यालयले साबिक बमोजिम नै आवश्यक स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर गर्नुपर्ने तथा ६ देखि १२ सम्मका कक्षा सिकाई सहजीकरण खण्डित समूह शिक्षणमार्फत आवश्यक स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर सञ्चालन गर्नुपर्ने निर्णय गरिएको उपाध्यक्ष आचार्यको भनाई छ । महामारीका कारण विद्यालयहरु गत वर्ष २०७६ को चैत्रदेखि नै वन्द रहेका छन् । संघीय सरकारले स्थानिय सरकारले विद्यालय खोल्न रबन्द गर्न पाउनेगरि निर्देशिका बनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्