बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु, लुम्बिनी प्रदेशमा मृत्यु हुनेको संख्या २४० – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु, लुम्बिनी प्रदेशमा मृत्यु हुनेको संख्या २४०

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, बुटवल ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहिबार बिहान मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ सय ४० पुगेको उनले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्