अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी – Kanika Khabar
Friday, April 19Nepali News Portal

अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी

    मा प्रकाशित

एजेन्सी /
उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो चेतावनी दिएका हुन् ।

अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको बताउँदै उनले पश्चिमा मुलुकभित्र आक्रमणका योजना त्यहीबाट बन्न सक्ने चिन्ता व्यक्त गरे ।

महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको बताए ।

उनले एक वक्तव्य जारी गर्दै भने, ‘नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रुपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौं ।’

अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैर–अमेरिकी सैनिक छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्