कनिका खबर
मंसिर ४, दाङ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५६ हजार २५४ पुगेको छ ।
अमेरिकामा आज बिहिबार १ लाख ७३ हजार ६३२ संक्रमित थपिएका छन् ।
योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १८ लाख ७३ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ६६ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ४४ लाख ५० हजार ४७७ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


