सुनको मुल्य तोलामा ७ सयले घट्यो – Kanika Khabar
Saturday, January 17Nepali News Portal

सुनको मुल्य तोलामा ७ सयले घट्यो

    मा प्रकाशित

कनिका खबर
मंसिर ४, दाङ ।
आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला रू ७ सय ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रू ९४ हजार ४ सय मा कारोवार भएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार १०० मा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रू ९३ हजार ९ सय मा कारोवार भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला रू ९४ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला रू एक हजार २१५ मा कारोवार भएको महासंघले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्