मा प्रकाशित
एजेन्सी ।
भारतकाे दिल्लीमा मास्क नलगाए २ हजारसम्म जरिवाना गरिने भएकाे छ ।कोरोना संक्रमण बढेसगै भारतको नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजारसम्म जरिवाना गरिने भएको हाे । यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो।
दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए।
उनले मास्क नलागाउने क्रम बढेको र कोरोना फैलदै गएको भन्दै मास्क नलगाउनेहरुलाई जनही २ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको बताए।


