डा. गाेविन्द के.सी.काे डिस्चार्जकाे तयारी – Kanika Khabar
Saturday, January 17Nepali News Portal

डा. गाेविन्द के.सी.काे डिस्चार्जकाे तयारी

    मा प्रकाशित

कनिका खवर
मंसिर ४, दाङ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमित डा. गोविन्द केसीलाई डिस्चार्जको तयारी गरिएको छ। स्वास्थ्यमा सुधार भएपछि डिस्चार्जको तयारी गरिएको हो।

डा. केसीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएकाले डिस्चार्जको तयारी भएको त्रिवि शिक्षण अस्पताल कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।
डा. दासले भने, ‘स्वास्थ्यमा राम्रै सुधार भएको छ। भोलि (शुक्रबार) डिस्चार्ज गर्न सकिन्छ।’
उनले रेमडेसिभिरको डोज दिइसकिएको जानकारी दिए। उनले केही दिनअघिसम्म अक्सिजन चलाउनु परेको भए पनि अहिले भने चलाउनु नपरेको बताए। उनले एन्टिबायोटिक्सको डोज पूरा गर्न मात्रै अस्पताल बस्नुपरेको जानकारी दिए।
डा. केसी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्