पर्वतको कुश्मामा आइतवारदेखि बिद्यालय सञ्चालन हुने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पर्वतको कुश्मामा आइतवारदेखि बिद्यालय सञ्चालन हुने

    मा प्रकाशित

रोशन तिवारी
मंसिर ५,पर्वत ।
कोरोना भाईरस (कोभिड(१९) को कारण बन्द भएका पर्वतको कुश्मामा रहेका बिद्यालय आगामी आईतवारदेखि खुल्ला गर्ने निर्णय भएको छ ।
कुश्मा नगरपालिकामा हिजो बिहीबार बसेको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निणर्य गरेको हो । झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेका कारण आईतवारदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।
विद्यालयले आफ्नो अवस्था हेरेर पठनपाठनलाई कसरी व्यवस्थित गर्न सक्छ सोहि अनुसार व्यवस्थापन गर्नेगरी खोल्ने निणर्य गरिएको नगरप्रमुख जोशीले बताए । लामो समय विद्यालय बन्द भएकाले पठन पाठन प्रभावित भएको र जिल्लामा जोखिमको अवस्था पनि न्यून हुँदै गएकाले विद्यालय सञ्चालन गर्ने निणर्य गरिएको कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर विद्यालय खोल्न भनिएको हो । विद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सवै कक्षा सञ्चालन गर्ने वा विहान, दिउँसो र साँझ गरेर भौतिक दुरी कामय हुनेगरी सञ्चालन गर्ने भन्ने विषयमा के सम्भव हुन्छ सोहि पद्धति अपनाएर विद्यालय खोल्ने निणर्य गरिएको उनले बताए । लकलडान भएपछि गएको जेठदेखि निजि विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गर्दै आएका थिए भने केहि सामुदायिक विद्यालयले अनलाईन र केहि विद्यालयहरुले टोल शिक्षा सञ्चालन गरेर पढाउँदै आएपनि प्रभावकारी नदेखिएपछि नगरपालिकाले विद्यालयनै खोलेर पठनपाठन सुचारु गर्न आग्रह गरेको हो ।
त्यस्तै कुनै विद्यार्थी वा शिक्षकलाई कुनै स्वास्थ्य समस्या आइपरेमा पनि विद्यालयले तत्काल आवश्यक निणर्य गरी पठनपाठनलाई रोक्ने र सुचारु गर्नेबारे निणर्य गर्न सक्ने पनि नगरपालिकाले जनाएको छ । बैठकमा सहभागि सामुदायिक तथा निजि विद्यायका व्यवस्थापन समितिका पदाधिकारी तथा सञ्चालकहरुले भौतिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्न तयार रहेको बताएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्