कनिका खबर
मंसिर ६, दाङ ।
नेपालमा १९ हजार १४ जना होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर रहेका २४ हजार ६६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ६ सय १२, प्रदेश २ मा ६५८, लुम्बिनी प्रदेशमा १४७०, सुदूरपश्चिम प्रदेशमा ६७७, गण्डकी प्रदेशमा २१२० र कर्णाली प्रदेशमा ११५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


