प्रहरी जवानले दिएको रगतले बच्यो महिलाको ज्यान – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

प्रहरी जवानले दिएको रगतले बच्यो महिलाको ज्यान

    मा प्रकाशित

अर्जुन बोहरा
मंसिर ६, हुम्ला ।
हुम्लामा प्रहरी जवानले दिएको रगतले एकजना महिलाको ज्यान बचेको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर १ ठेहेका ३५ वर्षिया कलदरी बोहरालाई जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना प्रहरी जवान गणेशप्रसाद ढुंगेलले रगत दिएका हुन् ।
मंसिर २ गते आफ्नै घरबाट अचेत अवस्थामा सदरमुकाम आउनुभएका महिलाको विचबाटोमा धेरै रगत बगेपछि समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले बताइन् । मंसिर २ गतेबाट जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा भर्ना हुनुभएका महिलाको अत्याधिक रक्तश्रावका कारण गर्भ समेत खेर गएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्