त्रिशूलीले बगाउँदा तीन दिनदेखि वेपत्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

त्रिशूलीले बगाउँदा तीन दिनदेखि वेपत्ता

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, नुवाकोट ।
त्रिशूली नदीले बगाएर नुवाकोटको ढुंगेबजारका एक युवक तीन दिनदेखि वेपत्ता भएका छन् । कवाडी सामान संकलन गर्ने क्रममा चिप्लियर नदीमा खसेका युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।नदी किनारमा बुधबार बिहान कवाडी सामान संकलन गर्ने क्रममा विदुर नगरपालिका वडा नं. १ ढुंगेवजारका ५२ वर्षिय सोमबहादुर नगरकोटीलाई नदीले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको खोजीमासुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए । वेपत्ता सोमवहादुरको खोजीमा आफन्तजन, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सेना परिचालित भएपनि शुक्रवार बेलुकीसम्म पनि फेला पार्न नसकिएको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्