बिनाअक्सिजन सगरमाथा चढ्ने घोषणा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बिनाअक्सिजन सगरमाथा चढ्ने घोषणा

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।
भारतका एक नागरिकले बिनाअक्सिजन सगरमाथा चढ्ने घोषणा गरेका छन् । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले यस्तो घोषणा गरेका हुन् । उनले आगामी मे महिनामा विनाअक्सिजन सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

१० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् ।
त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्