तुलसीपुरमा पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, January 26Nepali News Portal

तुलसीपुरमा पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

यमकला भुसाल
मंसिर ६, दाङ ।

दाङको तुलसीपुरमा शनिवार पत्रकार सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट लिएको स्वाव मध्ये थप १३ जनाको रिर्पाट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय १ पुरुष,२८ र ३६ वर्षीय २ महिला गरि ३ जना,वडा नं. ६ का ६१,४६,२१ वर्षीय ३ जना पुरुष र २६ वर्षीय १ महिला गरि ४ जना, वडा नं. १२ का २५ वर्षीय १ जना पुरुष, वडा नं. १५ का ५४ वर्षीय १ जना पुरुष, वडा नं. १७ का ४१ र २३ वर्षीय २ जना पुरुष,वडा नं. १८ का ३२ वर्षीय १ महिला र वडा नं. १९ का ३२ वर्षीय १ जना पुरुष रहेका छन ।

त्यस्तै वडा नं. ७,वडा नं. ६ र वडा नं. १४ का १÷१ जना पुरुष फलोअपमा रहेको फोकल पर्सन केसीले बताए ।

शनिवार संक्रमित हुनेमा पत्रकार सहित विभिन्न संघसस्थाका कर्मचारी रहेका छन ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६ सय ९२ पुगेको छ । फोकल पर्सन केसीका अनुसार तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रिय संक्रमितको संख्या २ सय १४ पुगेको छ ।

यसैबिच शनिबार मात्र तुलसीपुरमा ७ जनाले कोरोनालाई जितेका छन । यो संगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ सय ७८ जना पुगेको छ ।

तुलसीपुरमा कोरोनाको तथ्याङ्क हेर्दा हाल २ सय ७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्