राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला – Kanika Khabar
Friday, March 29Nepali News Portal

राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, काठमाडौँ ।


स्वर्गीय राजा वीरेन्द्र शाहको निजी निवास सर्वसाधारणको लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेका छन् । भोलि आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुने भएको हो ।

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएका छन् । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाका नाम जिल्लाबाट राखिएको छ । अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने बताइएको छ ।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहार स्वरूप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ । यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाइजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्