नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने

    मा प्रकाशित

एजेन्सी ।
नासाले समुद्री सतह नाप्ने भू–उपग्रहको आज प्रक्षेपण गर्ने भएको छ । नासाको आधिकारिक वेभसाइटमा उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण समेत गरिने जनाइएको छ ।

नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू(उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट नेपाली समय अनुसार राति ११ बजे प्रक्षेपण गरिने जनाइएको छ ।

पृथ्वीको सतह भन्दा ८३० माइलमाथि नेक्स्ट(जेनरेसन भू(उपग्रहले विश्वभरको समुद्री सतह नाप्ने जनाइएको छ ।

सेन्टिनेल —६ माइकल फ्रेलिच भू(उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।

यो भू—उपग्रह स्पेस एक्स फाल्कन ९ रकेटमा प्रक्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ।

अन्तरिक्षमा पुगेपछि यस भू(उपग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ।

गत ३० वर्षदेखि भू(उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्