शीर्षको असर कार्यकर्तामा – Kanika Khabar
Friday, March 29Nepali News Portal

शीर्षको असर कार्यकर्तामा

    मा प्रकाशित

कनिका खबर
मंसिर , काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको शीर्ष तहको विवाद कार्यकर्ता तहसम्म देखिन थालेको छ । केही महिना यता नेकपाका प्रमुख नेता बीचमा देखिइरहेको विवाद कार्यकर्ताको तहसम्म देखिन थालेको हो ।
हिजो शनिबार चितवनमा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेकपाका स्थायी कमिटि सदस्य नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकताबिरोधी काम गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेपछि शीर्ष तहमा आरोपप्रत्यारोप सुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीइतरले प्रदर्शनको विरोध र संलग्नलाई कारबाहीको माग गरिरहँदा ओली पक्ष पनि प्रतिवादमा उत्रिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले हिजो नाराबाजी गरेका थिए । नेता पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ता नाराबाजीमा उत्रिएका हुन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्