दाङमा ३ जनालाई कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङमा ३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २ दाङ ।

दाङका तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज बेलुकी पत्रकार सम्मेलन गरेर २ जनामा कोरोना पुष्टि भएको सार्वजनिक गरेको हो भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिमा दाङका थप १ जना रहेका छन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानको उपकुलपति प्रा डा. संगीता भण्डारीले कोरोना सङ्क्रमणको आशङ्कामा दाङको लमही र जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानबाट पठाइएको ९१ वटा स्वाबको पिसिआर परीक्षण गर्दा ८९ जनाको नेगेटिभ र २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएकी हुन् ।
कोरोना सङ्क्रमणको पुष्टि हुनेहरुमा गढवा निवासी २३ र ३६ वर्षीय पुरुष रहेका छन् । पुष्टि भएकालाई स्थानीय तह र जिल्ल स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा राखिएको छ ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा माथि उल्लेखित दुई जना पुरुषसहित दाङको तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुष पनि रहेका छन् । मन्त्रालयको विज्ञप्तिमा नेपालभर थप ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ६७ पुगेको छ ।
दाङमा कोरोना सङ्क्रमण पहिलो पटक पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्