३ सय १९ स्थानीय तहलाई २ दिनभित्र प्रगति विवरण पठाउन निर्देशन – Kanika Khabar
Friday, March 13Nepali News Portal

३ सय १९ स्थानीय तहलाई २ दिनभित्र प्रगति विवरण पठाउन निर्देशन

    मा प्रकाशित

कनिका खबर
मंसिर, काठमाडौँ ।
सरकारले प्रगति विवरण नपठाउने ३ सय १९ स्थानीय तहलाई अबको २ दिनभित्र प्रगति विवरण पठाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ दिन अघि ती स्थानीय तहको नामावली सहित परिपत्र गर्दै ५ दिन भित्रमा प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले यसअघि पटक–पटक आग्रह गरे पनि ३ सय १९ स्थानीय तहबाट प्रगति विवरण नआएकाले अबको २ दिनमा पठाउनका लागि निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवम योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख बिष्णुदत्त गौतमले सीआइएनसँग बताउनुभयो ।विवरण नपठाउनेमा सबैभन्दा बढी प्रदेश २ का १ सय भन्दा बढी स्थानीय तह रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्